Saturday, May. 26, 2012

के यस्तै हुने हो संधै

Written By:

|

May 3, 2010

|

Posted In:

चारैतिर सन्नाटा, भय, त्रास बिच मुलुक गुज्रिरहेको छ। देशको विकास गर्ने भन्दै झुटो आस्वासन पस्कंदै हिंड्ने यी राजनैतिक दलहरु आपसी कलहले यो पवित्र, शान्त देश दिनानुदिन अस्तब्यस्त बन्दै गइरहेको छ। कहिले कहिले राणा शासन, एकदलिय पञ्चायत शासन त कहिले निरङ्कुस शाही शासन। विश्वभर मौलाएको लोकतन्त्र, जहाँ जनताको मौलिक हक अधिकार, स्वतन्त्रताको सम्मान हुन्छ, देश लम्कंदै थियो आफ्नो मुहार परिवर्तन गर्न, आम नेपालीहरुलाई विकास निर्माणमा सामेल गराउँदै। कैयों शासकहरुको मिचाइले खुम्चिएर बस्न वाध्य भएका यी सोझा जनताहरु रमाउन थालेका थिए लोकतन्त्रमा।

वास्तवमा यस देशका प्रत्येक नागरिकहरुलाई चासो छैन राजनैतिक प्रतिस्प्रधामा मात्र यी नागरिकहरु चाहन्छन् एउटा सुन्दर नेपाल जहाँ खेतबारीमा अन्न उब्जाउनको लागि सिंचाइको ब्यवस्था होस, सर्वसुलभ बजार अनि आफ्नो मिहेनतले सुन फलाउन। यी नागरिकहरु चाहन्न् खाडीको तातो मरुभुमिमा गएर पसिना बगाउन। रम्न चाहन्छन आफ्नै माटोमा, पसिना बगाउन चाहन्छन आफ्नै देशमा, हात बढाउन चाहन्छन देश निर्माणमा, चड्न चाहन्छन यहि देशमा भुमिगत रेलसेवा र भन्न चाहन्छन मेरो देश मलाई प्यारो लाग्छ, म यहिं पसिना काड्छु।

तर हिजो आज स्थीति नाजुक बन्दै गइरहेको छ। एउटै परिवार भित्र भिन्न भिन्न वादहरु मौलाएका छन्। समाज, गाउँ, क्षेत्र अनि देश बिभाजन हुन पुगेको छ भिन्न वादहरुमा। यहाँ मानिसका परिचय परिवर्तन भएका छन्। देशलाई बाहुन, क्षेत्रि, राई, तामाङ्, नेवार, राई, लिम्ब आदिका नाममा बाँडिन थालिएको छ। मानिसहरुलाई यो यो पार्टीको, यो अर्को पार्टीको, यो कांग्रेस, यो माओवादी, यो एमाले, यो राजावादी, यो फोरम, यो थारु इत्यादि नामाकरण गरिएको छ। जाति जाति विच द्वोन्द हुन थालेको छ। दु:ख लाग्दो स्थीती छ। यस्तो सम्म भएको छ कि यहाँ हामी सबै नेपाली हौ, नेपाली दाजु भाई हौ भन्ने मानीहरु भेट्टाउन गार्‍हो छ। खै के को लागि हो थाहा छैन तर पनि यहाँ सबै जना लडिरहेका छन् एक आपसमा छिमेकीलाई हंसाएर। मलाई थाहा छैन कि हि मानिसहरु आफ्नो ब्यवहारबाट प्रशन्न छन्?

म मानिसहरुको भिड छिचोल्ने प्रयास गर्छु, खोज्नको लागि नेपालीपन, राष्ट्रियता कतै बाँचेको छ कि तर निरास हुन्छ यहाँका मानिसहरुको परिवर्तित ब्यवहारहरुको अनुभुती गरेर। यति शान्त थिए यी मानिसहरु, भन्ने गर्थे पराईयाले बुद्धको देशका यी मानिसहरु साँच्चै नै बुद्ध हुन् तर ……………!! विर्संदै छन् आफ्नो शान्त स्वभाव, भाइचारा र मिलनसार प्रबृती।

यहाँ हजारौ नागरिकहरुको रगतले होली खेलीएको छ र थाहा छैन अझ कति रगतका खोलाहरु बन्ने हुन्। जगंलमा डढेलो लागिरहेको हुन्छ तर निभाउन कोही अग्रसर हुँदैनन्। यहाँ देशको त परै जाओस मात्र चिन्ता छ आफ्नो प्यारो वादको। देशका चोक चोक र गल्लीहरु बन्ने गरेका छन् आन्दोलनमञ्च जहाँ नेता भनाउँदाले वाजा बजाइरहेका छन् र वाजाको तालमा मग्न भई नाचिरहेका छन् सबै जना आफ्नो देश प्रतिको कर्तब्यलाई नालीमा फालेर।

यी सबै दृश्यहरुले पोल्न थाल्छ मेरो मुटु। के गर्न सक्छु र म, किनकि मलाई पनि एउटा लाचार प्राणी बनाईंदैछ। चारैतिर हेर्छ, भयावह स्थीति, डर, त्रास। के हामी नेपालीको पुर्पुरोमा आन्दोलन मात्र लेखेको छ। के यस्तै हुने हो संधै।

 

१८ बैशाख २०६७ २१:५५

May 01 ’10 21: 55

Share This Article

Similar News

    None Found

About Author

santosh

Hi, I am santosh

Leave A Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>