Saturday, May. 26, 2012

हाम्रो दुर्दशा

Written By:

|

May 3, 2010

|

Posted In:

हाम्रो दुर्दशा

भालेले विहानको संकेत दिनसाथ नयाँ जोस र जाँगर बटुलेर आफ्नो ओच्छ्यानबाटउट्छु एउटा नयाँ संकल्प र योजनाहरुको साथ नयाँ नेपालको निमार्ण गर्न।

बितेकापलहरुका दु:खद घटनाहरुको स्मरण गर्दै भोलीको दिनमा यी यस्ता दु:खदस्मरणहरु नघटोस भन्दै कामना गर्दै आफ्नो सयनकक्षमा पल्टेको हुन्छु। म सानोछँदा मेरो यो अबोध मनले देखेको सपनाहरु सपनामा नै सिमित हुने डरलेनिन्द्रा परेको हुँदैन। दिन भरी देशको प्रत्त्येक ठाउँमा घटेका घटनाहरुबाटतर्सिरहेको हुन्छु। चारैतिर अशान्ति, हत्या, हिंसा मात्र ब्याता छ। देशकोप्रत्येक ठाउँहरुमा दानविय मानवहरुको जुलुस मात्र निस्किएको छ। देश एउटामरभुमीमा परिणत भएको छ। १० बर्षे द्वन्दको समाप्त्तिले मेरो यो मनमाउमंगको उर्जा पलाएको थियो। देशपर्तिको कर्तब्य पालना गर्ने जोस जागेकोथियो। विकासको नयाँ स्रोत, साधनहरुको प्रयोग गर्ने सपना साँचेको थिएँ।फेरि पनि सुन्दर, शान्त, विकसित नेपालमा रम्न पाउने आषामा थिएं। आँफुलेजानेको शिप र परिश्रम प्रयोग गरेर ढुङ्गालाई हिरामा परिणत गर्ने सोचबनाएको थिएँ। विदेशीनुको पिडालाई सदाको लागि अन्त्य भई सबै युवा, देशवासीमिलेर देशका भत्त्किएको धरोहरहरुको पुर्न-निर्माण हुने विश्वासमा थिएं।पेरि पनि गौतम बुद्ध मुस्कुराएको हेर्न चाहेको थिएँ। अशिक्षा र गरिवीलेथिचेको हामी नेपालीहरुले शिक्षित र सम्पन्न नयाँ नेपालको कल्पना गर्दैबसेका थियौं।
तर दुरभाग्य हामी नेपालीहरु एक आपसका दुस्मन हुन्पुग्यौं। हामीलाई देशको भन्दा बढी हाम्रो आफ्नै नेपाली बाँचेकोमा चिन्ताछ। विश्वको सानो देश, शान्तिको प्रतिक मानिएको देश सदाको लागि विलाउनलागेको छ, यसबारेमा हामी कसैलाई पनि चिन्ता भएको छैन, छ त बस आफु र आफ्नोराजनैतिक दलको।
हामीले देशलाई रणभुमी बनायौं। प्रत्येक पलहरुमामानवअधिकार उल्ङ्घन गरिरहेका हुन्छौं। हामी बिग्रियौं र देशलाई पनिबिगार्यौं र हुर्कंदै गरेका ती साना भबिस्यहरुलाई रणभुमीका शक्तिशालीखेलाडि बनाउँदै गएका छौं। आखिर किन त? यी हाम्रा सबै यस्ता कृयाकलापहरुलेफाइदा कसलाई भएको छ? केही छैन……… यस देशमा कसैलाई पनि असल नागरिकबन्नु छैन भने आफ्नो र आफ्नो आमन्ने सामन्नेका सबैको अस्तित्त्व मेटाएहुन्छ। यस देशलाई सोमालिया, हाइटी जस्तै बनाए हुन्छ। हामी युद्धमा नैरमाउन चाहन्छौ भने विद्यार्थीले किताब, कपी किन्नुको सट्टा खुकुरी, बन्दुककिने हुन्छ। दण्डहिनताको स्थिति बढाए हुन्छ। सरकार पनि अझै दर्शक बनेरताली बजाए हुन्छ। कस्लाई कसको मतलब छ र? ‘न जनतालई सरकारको न सरकारलाईजनताको न जनतालाई देशको!
दङ्ग परिरहेको हुन्छु म देशको यस्तो अवस्थालेगर्दा। मेरा सम्पूर्ण सपना, इच्छा, आषा, विश्वासहरु टुट्न लागेको छ। मजस्तै हजारौको भविस्यमा पूर्णविराम लाग्न लागेको छ। गर्न पनि के सक्छु र, एक जनालाई सम्झाएर सक्दिन, किनकि आजभोली यहाँका मानवहरुसंग कुराकानी गर्दाआफ्नो अस्तित्त्व नै संकटमा प्रर्ने डर छ। मनभरि उब्जीएका यी तरंगहरुलेधेरै प्रश्न गरिरेको हुन्छ, यी प्रश्नहरुका उत्तर खोज्छु तर उत्तहरुनैविलिन भएको पाउँछु। मन तनावमा हुन्छ, तनावबाट मुक्त हुनको लागि निदाउनेप्रयास गर्छु तर निन्द्राले साथ छोड्न थालेको जस्तोलाग्छ……………………………..!

Share This Article

Similar News

    None Found

About Author

santosh

Hi, I am santosh

Leave A Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>